सूचकसंगै कारोबार रकममा पनि गिरावट, फरवार्ड माइक्रोफाइनान्सको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 02:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ४.८७ अंकले घटेर १३५६.१५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ६ लाख ५४ हजार २ सय २४ कित्ता शेयर खरिद बिक्रिबाट ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ कित्ता शेयर खरिद बिक्रि भएका छन् ।

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज फरवार्ड माइक्रोफाइनान्सको सबै भन्दा धेरै २ करोड १४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, सिद्दार्थ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज समता माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.९१ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, पुर्णिमा विकास बैंक लगायत रहेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.८४ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा बरुण हाइड्रो, हाथवे फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved