सामुदायिक लघुवित्तका सीईओलाई राष्ट्रबैंकले गर्यो कारबाही, कहिले आउछ रोकिएको आईपिओ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 03:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन सीईओ स्वयम्भुराम जोशीलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ । जोशीबिरुद्द राष्ट्र बैंकको निर्देशनको अवज्ञा गरेको, संचालक समितिले दिएको निर्देशन पालन नगरेको , संस्थागत सुशासन विपरित कार्य गरेको लगायत आरोप लागेको छ । 

स्मरण रहोस  कम्पनीले माघ ९ गते देखि निष्काशन गर्न लागेको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ अन्तिम समय अर्थात माघ ८ मा आएर स्थगित गरिएको थियो । नेपाल राष्ट बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको भन्दै राष्ट्र बैंकले अन्तिम समयमा आईपिओ रोक्न निर्देशन दिएको थियो ।

त्यस समय राष्ट्र बैंकले लघुवित्तको वित्तीय विवरणमा कैफियत देखिएको, त्यसमा विभिन्न कमि कमजोरी फेला परेको, कम्पनीले जारी गरेको पछिल्लो रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको  , कम्पनीमा अनियमितता देखिएको  , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक भएको , यथार्थमा मेल नखाएको लगायतका करण देखाउदै आईपिओ रोकेको थियो । यस बिषयमा सुपरिवेक्षण बिभागले अनुगमन र अध्ययन गर्दा सीइओ जोशीका कारण कम्पनीको संस्थागत शुशासन कायम हुन् नसकेको देखिएपछि राष्ट्र बैंकले उनलाई कारबाही गरेको हो । जोशीसंग राष्ट्र बैंकले २ पटक यस बिषयमा स्पष्टीकरण लिंदा बैंक सन्तुष्ट हुन् नसकेपछि उनलाई कारबाही गरिएको बैंकले जनाएको छ ।

के के छन् जोशीका कर्तुतु ?

राष्ट्र बैंकको निर्देशन पालन नगरेको, निर्देशन कार्यन्वयन गर्नमा बाधा पुर्याएको, संस्थाको निर्णय समेत कार्यन्वयन नगरको, संस्थाले असुल उपर गर्नु पर्ने रकम फिर्ता गर्न संचालक समितिले दिएको निर्देशन पालन नगरेको, निर्धारित भन्दा बढी शेयर धारण गरी पदमा बसिरहेको, नियामक निकायको निर्देशन पालन गर्नुको साटो संचालक समितिलाई समेत थाहा नै नदिई संस्थाको तर्फबाट भनी सुपरिवेक्षण कार्यमा खटिएका कर्मचारीलाई समेत आक्षेप लगाउने गरी नियामक निकायको छवी र प्रतिष्ठामा समेत आंच पुर्याउने गरी सार्बजनिक संचार माध्यममा अमर्यादित र अनुसाशनहीन कार्यमा संलग्न रहेको आदी । 

उता सीइओ जोशी भने आईपिओ रोकिएपछि बिदामा बसेका छन् । 

के हुन्छ आईपिओ ? 

राष्ट्र बैंकले सीइओलाई कारबाही गरेसंगे अब निष्काशनको अन्तिम चरणमा रहेको आईपिओ आउँने लगानीकर्ताले अनुमान गरेका छन् । तर राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने हाल सीईओलाई मात्र कारबाही गरिएको तर आईपिओ निष्काशनको लागि क्लिन चिट नदिएको बताएका छन् । उनले भने 'अहिले नै आईपिओ निष्काशनको अनुमति दिएका छैनौ, अझै पनि संस्थाले संस्थागत  सुशासन र पारदर्शिताका बिषयमा धेरै कामहरु गर्नु पर्ने छ, रकम असुल उपर गर्नु पर्नेछ, यी सब कार्य पुरा गरेपछि मात्र आईपिओ निष्काशनको अनुमति पाउछ' । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved