सेन्ट्रल फाइनान्सले लिलाममा राखेको शेयरमा आवेदन दिने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 08:31:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्सले बैशाख २० गतेदेखि लिलामीमा राखेको अवितरित शेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रदमा अवितरित १० लाख ८५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रि गरेको हो  । 

फाइनान्सले गत पुस २३ गतेदेखि फागुन १३ गतेसम्म चुक्ता पूँजी ५२ करोड ६ लाख को ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीले हकप्रदमा बिक्रि नभएका १० लाख ८५ हजार ९ सय ३९ दशमलव ०७५ कित्ता शेयर लिलाम गरेको हो । लिलाममा राखिएको कुल शेयर मध्ये ९ लाख ८१ हजार ७ सय ८ दशमलव ७२५ कित्ता शेयर संस्थापक तर्फको रहेका छन् भने बाँकि १ लाख ४ हजर २ सय ३० दशमलव ३ सय ५० कित्ता सर्वसाधारण तर्फको रहेका छन्  ।

इच्छुक बोलकबोलदाताले न्युनतम सय कित्ताको लागि न्युनतम सय रुपैया भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्ने छ । संस्थापक शेयरको हकमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । सबै भन्दा धेरै मूल्य कबुल गर्नेले शेयर प्राप्त गर्ने छन् । बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले गरेको छ ।

आवेदक दिनको लागि बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौँ तथा शाखाहरु लालदरबार काठमाडौँ, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा,  ट्राफिकचोक बुटवल, आदर्श नगर बिरगंज, गोल्छाचोक बिराटनगर केन्द्र तोकिएको छ। त्यस्तै सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाहरु सुर्खेत , नेपालगंज, नारायणगढ र धनगढिबाट आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रदले समेत पाउने गरी ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ  ।  हकप्रद र प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved