सिद्दार्थ बैंकले जेठ ३ गतेदेखि २ लाख बढी कित्ता शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 08:49:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले जेठ ३ गतेदेखि हकप्रदमा अवितरित २ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले फागुन २ देखि चैत ६ सम्म १०:१ को अनुपातमा ६८ लाख २६ हजार १ सय १७ दशमलव १९ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।  जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई ६६ लाख ११ हजार ५ सय १७ कित्ता शेयर बैशाख ६ गते बाँडफांड गरिएको थियो । बैंकले बाँकि अवितरित २ लाख १४ हजार ६ सय दशमलव १९ कित्ता शेयर लिलाम गर्न लागेको हो । 

लिलाममा राखिने शेयर मध्ये ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक शेयर र बाँकि सर्वसाधारण तर्फको रहेका छन् ।

इच्छुक बोलकबोलदाताले न्युनतम सय कित्ताको लागि न्युनतम सय रुपैया भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्ने छ । संस्थापक शेयरको हकमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । सबै भन्दा धेरै मूल्य कबुल गर्नेले शेयर प्राप्त गर्ने छन् । जेठ १० गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।

आवेदन दिनको लागि सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल, तथा सिद्दार्थ बैंकको शाखाहरु बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, पोखरा, बुटवल, र धनगढी शाखाबाट आवेदन दिन सक्ने छन्। 

१० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ५० करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। १० प्रतिशत हकप्रद र १४ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४७ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved