दोहोरो अंकले घट्यो सूचक, सिद्दार्थ बैंकमा लगानीकर्ताको आकर्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 14, 2018 | 04:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ आज नेप्से सूचक १०.२८ अंकले घटेर १३३८.१७ को बिन्दुमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १ सय ६३ कम्पनीका १० लाख ७ हजार ७ सय ६४ कित्ता शेयर खरिद बिक्रिबाट ४२ करोड ५१ लाख ९४ हजार २ सय ९९ रुपैयाँको कारोबार भएको छ

आज सिद्दार्थ बैंकको सबै भन्दा धेरै ६ करोड ४७  लाख बराबरको कारोबार भएको छ अन्य बढी कारोबार हुनेमा सिद्दार्थ इन्स्योरेन्स, नबिल बैंक संस्थापक शेयर, बुटवल पावर कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन्

आज हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक ९.९५ प्रतिशत कमाएका छन् अन्य बढी कमौनेमा उन्नति माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक लगायत रहेका छन्

आज किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७६ प्रतिशत गुमाएका छन् अन्य बढी गुमाउनेमा भार्गव विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स लगायत रहेका छन्

आज सिद्दार्थ बैंकको सर्बाधिक १ लाख ९४ हजार ६ सय २४ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved