प्रभु इन्स्योरेन्स र सिनर्जी फाइनान्सले पाए हकप्रद निष्काशनको अनुमति, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 11:47:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स र सिनर्जी फाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएका छन् । 

सिनर्जी फाइनान्सले १:०.२५ को अनुपातमा २५ प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको मङ्सिर ५ गते भएको बिशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो । अब फाइनान्सले ११ करोड ८६ लाखबराबरको ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद निष्काशन गर्ने छ ।

हाल फाइनान्सको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेकोमा २५ प्रतिशत हकप्रद पश्चात चुक्ता पुंजी ५९ करोड ३१ लाख पुग्ने छ ।  

त्यस्तै प्रभु इन्स्युरेन्सले ४६ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । अब प्रभु इन्सुरेन्सले १० बराबर ४.६ कित्ता अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि  चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved