सूचकसंगै कारोबार रकममा सुधार, नीति तथा कार्यक्रम पर्खदै लगानीकर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 03:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से सूचक ४.१६ अंकले बढेर १३३८.०१ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका ४ लाख २३ हजार ३ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैयाँको कारोबार भएको छ 

आज कारोबारमा आएका फाइनान्स र उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज वोमी माइक्रो फाईनान्सको सबै भन्दा धेरै १ करोड ५६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् । 

आज मिर्मिरे माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ । अन्य बढी कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त, हिमालय डिस्टिलरी, वोमी माइक्रोफाइनान्स लगायत रहेका छन् ।

आज वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४.३१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा मिथिला लघुवित्त विकास बैंक, श्री इनभेस्टमेन्ट एण्ड फाइनान्स, श्रीजना फाइनान्स लगायत रहेका छन् ।

मंगलबारदेखि केवाईसी नवीकरण नगराउने लगानीकर्तालाई सेयर कारोबारमा संलग्न नगराउन बोर्डले निर्देशन दिएपछि मंगलबार कारोबार रकम सुस्त भएको थियो । तर हिजो मंगलबार र आज बुधबार धेरै लगानीकर्ताले केवाईसी अध्यावधिक गराएर कारोबार गरेका छन् । 

लगानीकर्ताहरु सरकारले केहि दिनमा पेश गर्न लागेको नीति तथा कार्यक्रमलाई पर्खेर बसेकोले पनि कारोबार केहि कम भएको आंकलन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved