रैराङ हाइड्रोपावरको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 04:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि निष्काशन गरेको आईपिओमा २ दिन मै साढे ५ गुणा बढी आवेदन परेको छ  । कम्पनीले बैशाख ३१ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनी ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गरेको हो ।

आईपिओ निष्काशन गरिएको पहिलो २ दिन अर्थात जेठ १ गतेसम्म ४७ करोड ११ लाख ५९ हजार रुपैयाँको आवेदन परेको बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेडले जनाएको छ । क्यापिटलका अनुसार २ दिनमा ६४ हजार ८८ जनाले आवेदन दिएका छन्  । आज तेस्रो दिनको तथ्यांक भने बेलुका मात्र आइपुग्ने क्यापिटलले जानकारी दिएको छ  । 

  ८ लाख ४० हजार कित्ता मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ । बाँकि ७ लाख ६४ हजार ४ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन दीईसक्नु पर्ने छ ।

इच्छुक लगानीकर्ताले सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट वा मेरोशेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । आवेदन दिन सीआरएन नम्बर अनिवार्य छ ।  

कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved