एनआईसी क्यापिटलद्वारा लगानी व्यवस्थापन क्षमता बढाउन निशुल्क कार्यशाला गोष्ठी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 16, 2018 | 10:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले 'ग' बर्गका वित्तीय संस्थाहरुका लागि लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निशुल्क  कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। 

सो कार्यशालामा २० भन्दा बढी संख्यामा “ग” वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको थियो। संस्थागत जोखिम न्यूनिकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्गचित्र, तथा समयसापेक्ष रुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाहरुका बारेमा सो कार्यशाला केन्द्रित रहेको थियो ।  

क्यापिटलले लगानीकर्तालाई सवल, सूचित तथा उपयुत्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा समेत प्रदान गर्दै आएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved