भागर्व विकास बैंकको साढे ७ लाख कित्ता शेयर आजदेखि लिलाममा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 07:30:38 AM मा प्रकाशित

laxmi  sunrise bank

भागर्व विकास बैंकले आज जेठ ३ गते गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकले कार्तिक २४ गतेदेखि पुस १४ सम्म ८० प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ५३ हजार ३ सय ७० कित्ता शेयर लिलाम गर्न लागेको हो । लिलाममा आउने शेयर मध्ये ६ लाख ६७ हजार ७ सय ६ कित्त्ता संस्थापक तथा बाँकि ८५ हजार ६ सय ६४ कित्ता शेयर सर्वसाधारण तर्फको रहेका छन् ।

लिलामको शेयरमा आवेदन दिनको लागि बिक्रि प्रबन्धक एमएमबि क्यापिटलको कार्यालय नक्साल, तथा भार्गव विकास बैंकका शाखाहरु बिराटनगर , बुटवल, सुर्खेत, नेपालगंज, बिरगंज, पोखरा, र धनगढि शाखा केन्द्र तोकिएका छन् ।

इच्छुक बोलकबोलदाताले न्युनतम सय कित्ताको लागि न्युनतम सय रुपैया भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्ने छ । संस्थापक शेयरको हकमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । सबै भन्दा धेरै मूल्य कबुल गर्नेले शेयर प्राप्त गर्ने छन् । जेठ १० गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

८० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुंजी ४७ लाख ५२ करोड पुग्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved