हकप्रद निष्काशन प्रयोजनार्थ प्रभु इन्स्योरेन्सको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 10:44:39 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन गर्न लागेको प्रभु इन्स्युरेन्सको बुक क्लोज मिति तय भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बु क्लोज गर्ने निर्णय गरेको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् । 

प्रभु इन्स्युरेन्सले ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। अब इन्सुरेन्सले १० बराबर ४.६ कित्ता अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि  चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved