राष्ट्र बैंकले बिक्रि गरिरहेको बचतपत्र शेयरभन्दा पनि लिक्विड, जुनसुकै बेला सजिलै बेच्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 11:57:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबारदेखि दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला गरेको छ । इच्छुक नेपाली नागरिकले जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बचतपत्र खरिद गर्न सक्ने छन् । 

राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो । बचतपत्रमा न्युनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।

यो ५ बर्षे बचतपत्र भएकोले २०८० साल जेठ २८ गते सावाँ फिर्ता हुनेछ। बचतपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी बार्षिक ९ प्रतिशत ब्याज राष्ट्र बैंकले दिनेछ । साथै यो बचतपत्र धितो राखेर अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ ।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको नाममा बचतपत्र खरिद गर्ने भएमा संरक्षकको नागरिकताको प्रमाणपत्र र नाबालकको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने । लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदन साथ उपरोक्त कागजातका अलावा आफ्नो २ प्रति पासपोर्ट साईजको फोटो समेत पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत लिएका बैंकहरुबाट निशुल्क फारम लिएर त्यहि स्थानमा फारम बुझाएर बचतपत्र खरिद गर्न सकिने छ । खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ ।

२ अर्ब भन्दा बढीको माग भई आएमा 'प्रो रेटा बेसीस' को आधारमा बचत पत्र बाँडफांड हुने राष्ट्र बैंकको राष्ट्रऋण ब्यबस्थापन बिभागले जनाएको छ । यस आधारमा बाँडफांड हुँदा पहिले आवेदन दिनेलाई प्राथमिकतामा राखिन्छ । उदाहरणको लागि जेठ २१ गतेसम्ममा १ अर्ब ८० करोडको आवेदन परेमा ति सबैले बचत पत्र पाउने छन् । १ अर्ब ८० करोड बाँडफांड भएपछि अब बाँकि २० करोड बाँकि रहन्छ । यदि बाँकि २० करोडको लागि अन्तिम दिनमा ५० करोडको आवेदन परेमामा आवेदन दिनेले निश्चित प्रतिशत मात्र पाउने छन् । तर यसरी बाँडफांड गर्दा १० हजारको लागि आवेदन दिनेले बचतपत्र नपाउँन सक्छन । अर्थात अन्तिम दिनमा जति धेरैको आवेदन गर्यो बचतपत्र पाउने त्यति नै धेरै सम्भावना रहन्छ  । यस कारण बचतपत्र खरिद गर्न चाहनेले सुरुमा नै आवेदन दिनु उचित हुन्छ ।

यस बचतपत्रको किसिम स्टक वा प्रमिशरी नोट हो । आवेदन दिंदा  स्टक वा प्रमिशरी नोट मध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ। 

यो ५ बर्षे अवधिको बचतपत्र भएपनि यसलाई जुन सुकै बेला पनि बेच्न सकिन्छ । यस बारेलाई धेरैलाई जानकारी नहुन सक्छ ।  स्टक प्रमाणपत्रको हकमा बेच्नको लागि राष्ट्र बैंक मै जानु पर्ने ब्यबस्था छ । तर प्रमिशरी नोट प्रमाणपत्रको हकमा भने बेच्न चाहने र खरिद गर्न चाहनेले घर मै खरिद बिक्रि गर्न सक्छन ।  प्रमिशरी नोट प्रमाणपत्रको पछाडी हक हस्तान्तरण अर्थात नामसारीको लागि विवरण लेख्ने स्थान हुन्छ ।  त्यहि स्थानमा आफ्नो विवरण राखेर सजिलै यसलाई बेच्न सकिन्छ ।  यसरी बेच्दा जुन दिनमा बेचिएको हो , त्यस दिनसम्मको ब्याज सहित पैसा फिर्ता पाइन्छ ।  

यदि बचतपत्र खरिद गरेकाहरुले यसलाई बेच्न चाह्यो तर कोहि खरिदकर्ता पाएन भने उसले बजार निर्माता अर्थात मार्केट मेकरकोमा गएर बेच्न सक्छ ।  मार्केट मेकर भनेको बैंकहरु नै हुन् । राष्ट्र बैंकसंग हाल ५१ वटा बैंकहरु बजार निर्माताको रुपमा रहेका छन्  । 

नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण ब्यबस्थापन बिभागका सहायक निर्देशक रमेश कुमार कटुवाल भन्छन् 'यो जुन सुकै बेला बेला बेच्न सकिन्छ, मार्केट मेकरसाग होइन म किन्दिन्न भन्ने बिकल्प नै हुदैन, उनीहरुले त्यो खरिद गर्नै पर्छ' । 

त्यस्तै मार्केट मेकरले पनि चाहेमा जुनसुकै बेलामा त्यो राष्ट्र बैंकलाई बेच्न सक्छन ।  त्यहि कारण कटवाल भन्छन् 'यो स्टक एक्चेन्जमा कारोबार हुने शेयर भन्दा पनि लिक्विड हो, शेयर बेच्न खोज्दा खरिदकर्ता नपाउने सम्भावना हुन्छ, तर बचतकर्ताको हकमा खरिदकर्ता जुनसुकै बेला खरिद गर्न तयार भएर बसेको हुन्छ' ।  

यसरी बीच मै बेच्दा फेस भ्यालु र त्यस दिनसम्मको ब्याज बेच्नेले पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved