कारोबार रकममा सुधार हुदै, नेपाल बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 02:41:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज बजार परिसूचक झिनो अंकले उकालो लागेको छ ।आज सूचक १.६४ अंकले बढेर १३३९.६५ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५४ कम्पनीका ५ लाख ७९ हजार ४१ कित्ता शेयर खरिद बिक्रि बाट २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ 

आज कारोबारमा आएका ट्रेडिङ, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स बाहेकका सूचक बढेका छन् । 

आज ओमी माइक्रोफाईनान्सको सर्बाधिक २ करोड १३ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, प्रभु इन्स्युरेन्स, मिर्मिरे माइक्रोफांईनान्स, नेपाल लाइफ इन्स्युरेन्स लगायत रहेका छन् ।

आज कन्काई विकास बैंकका लगानीकर्ताले सर्बाधिक ५.९७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा समता माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, राधि बिद्युत लगायत रहेका छन् ।

आज मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ४.७६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा रिडी हाइड्रोपावर , बिशाल बजार कम्पनी, भार्गव विकास बैंक लगायत रहेका छन् ।

आज नेपाल बैंकको सर्बाधिक २७ हजार ७ सय २४ कित्ता शेयर किनबेच भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved