अनलाइन ट्रेडिङ र मार्जिन कार्यबिधिले पनि देखिएन उत्साह, बजेट कुर्दै लगानीकर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 04:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्जिन कार्यविधि पारित हुनु र अनलाइन कारोबारको डेमो सार्वजनिक गर्नुले आइतबारको कारोबार बढ्ने अनुमान गरिएको थियो। तर आइतबार सुरुवातमा बजार दोहोरो अंकले बढेपनि त्यसले कारोबार अवधिभर निरन्तरता पाउन सकेन । बजार बन्द हुँदा सूचक ०.४६ अंकले करेक्सन भएर १३३९.१९ को बिन्दुमा पुगेर रोकिएको छ । 

विहीबार धितोपत्र बोर्डले धितोपत्रका लगानीकर्तालाई ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्यविधि पारित गरेको थियो । त्यस्तै शनिबार नेप्सेले लगानीकर्ताको बीचमा अनलाइन कारोबारको डेमो सार्वजनिक गर्दे जेठ महिनाभित्रै परीक्षणणमा आउने घोषणा गरेको थियो । तर यी दुवैले लगानीकर्तामा उत्साह देखिएन ।

आज कारोबारमा आएका १ सय ५९ कम्पनीका १९ लाख ८५ हजार ७ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ३४ करोड ८२ लाख बराबरको कारोबार भएको छ । आज विकास बैंक, हाइड्रो, इन्स्युरेन्स, माइक्रोफाइनान्स बाहेकका सूचक घटेका छन् ।

आज मिर्मिरे माइक्रोफाइनान्सको सबै भन्दा धेरै २ करोड ३६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु इन्य , नेशनल लाइफ इन्स्युरेन्स लगायत रहेका छन् ।

आज मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स लगायत रहेका छन् ।

आज हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक ३.५९ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा युनाइटेड मोदी हाइड्रो, सप्तकोशी विकास बैंक लगायत रहेका छन् ।

सरकारले सोमबार नीति तथा कार्यक्रम सार्बजनिक गर्दै छ। त्यस्तै अर्को साता बजेट सार्बजनिक हुदैछ । लगानीकर्ताहरुले नीति तथा कार्यक्रम र बजेट फर्खेर बसेको आंकलन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved