रैराङ हाइड्रोपावरको आईपिओमा १६ गुणा बढीको आवेदन, कहिले हुन्छ बाँडफांड ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 10:10:36 AM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि निष्काशन गरेको आईपिओमा १६ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले बैशाख ३१ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनी ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गरेको हो ।

आईपिओमा १ लाख ७५ हजार २ सय ९२ जना आवेदकले १  करोड ३५ लाख ७६ हजार ३ सय ९० कित्ताको लागि आवेदन दिएका छन्  ।  यो कित्ता कुल निष्काशनको १६ गुणा भन्दा धेरै हो  । अझै कारोब ८ सय आवेदन भेरिफाई हुने चरणमा रहेकोले यो संख्या अझै बढ्न सक्ने बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । क्यापिटलका अनुसार हालसम्म १ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको आवेदन भेरिफाई भएको छ । आवेदन भेरिफाई हुने क्रममै रहेकोले बाँडफांडको मिति अहिले नै तोक्न नसकिने क्यापिटलले जानकारी दिएको छ  । आईपिओमा ९१ हजारभन्दा धेरैले शेयर नपाउने पक्का छ  ।  

निष्काशन गरिएको ८ लाख ४० हजार कित्ता  मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ ।  

 कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved