जोशी हाइड्रोपावरको आईपिओ आजबाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 06:29:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज जेठ ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ बिक्रि गर्दै  छ । 

कम्पनीले स्थानीयको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता निष्काशन गर्न लागेको हो । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि शेयर निष्काशन गर्न लागेको हो । आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन सकिने छ ।  

 स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने  छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved