नेपाल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 09:44:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद भर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले बैशाख ५ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको हो  । 

कम्पनीको भदौ ३० मा बसेको साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो  ।  कम्पनीले ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद शेयर निष्काशन गरीरहेको हो । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले जेठ ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालय लालदरबार, काठमाडौँ, लगनखेल, ललितपुर , गोल्छाचोक बिराटनगर, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज,  तथा पोखराको चिप्लेढुंगा कार्यालयबाट आवेदन दिन सक्ने छन् । साथै नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय तथा आश्वामा आबद्द  बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख ८८ हजार रहेको छ  । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ३९ लाख ७७ हजार पुग्ने छ  ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.५२ प्रतिसत बोनस प्रस्ताव गरेको छ । तर हकप्रद बिक्रि वितरण पश्चात कायम हुने पुंजीलाई समेत आधार मान्दा बोनस प्रतिशत २.२६ हुने छ   ।  २.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी  ६१ करोड ७६ लाख ३८ हजार पुग्ने छ । 

त्यसपछि कम्पनीले पुन ६५ प्रतिशत हकप्रद जारी गर्ने बताएको छ । कम्पनिको चैत २१ गते बसेको संचालक समितिको बैठकले थप ६५ प्रतिशत हकप्रद बिक्रि गरेर चुक्ता पुंजी १ अर्ब नघाउने प्रस्ताब गरेको हो। ६५ प्रतिशत हकप्रद बिक्रि पश्चात कम्पनिको चुक्ता पुंजी १ अर्ब ९ करोड ९१ लाख पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved