रैराङ हाइड्रोपावरको आईपिओ बाँडफांड मिति तय, ९१ हजार भन्दा बढीले शेयर नपाउने पक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 03:11:24 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि निष्काशन गरेको आईपिओमा भोली बुधबार बाँडफांड हुने भएको छ  । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार बिहान ८ :३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफांड गर्ने जनाएको हो  । 

आईपिओमा १६ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले बैशाख ३१ गतेदेखि  ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गरेको हो । 

आईपिओमा १ लाख ७५ हजार २ सय ७८  जना आवेदकले १  करोड ३५ लाख ७५ हजार ६ सय  कित्ताको लागि अर्थात १ अर्ब ३५ कोर्द ७५ लाख रुपैयाँको आवेदन परेको छ  यो भेरिफाइड आवेदकको  संख्या रहेको क्यापिटलले स्पष्ट पारेको छ  । माग भएको यो कित्ता कुल निष्काशनको १६ गुणा भन्दा धेरै हो  ।  आईपिओमा ९१ हजारभन्दा धेरैले शेयर नपाउने पक्का छ  ।  

निष्काशन गरिएको ८ लाख ४० हजार कित्ता  मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ ।  

 कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved