सूचक घटेपनि कारोबार रकममा सुधार, कमाउनेमा सुर्योदय लघुवित्तका लगानीकर्ता अगाडि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 03:31:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक ४.३१ अंकले घटेर १३३२.८२ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६० कम्पनीका १० लाख ५८ हजार ७५ कित्ता शेयर खरिद बिक्रिबाट ५३ करोड ८३ लाख ७४ हजार १ सय ८४ रुपैयाको कारोबार भएको छ  

आज नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २२ करोड २४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा स्वरोजगार लघुवित्त, लक्ष्मी बैंक, सिद्दार्थ बैंक लगायत रहेका छन्  ।

आज सुर्योदय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९७ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा किसान माइक्रोफाइनान्स, हाम्रो विकास बैंक, ग्लोबल आईएमई लघुवित्त लगायत रहेका छन्  

आज सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.२५ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा नयाँ नेपाल लघुवित्त, सहयोगी विकास बैंक, खानीखोला हाइड्रो लगायत रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved