रैराङ हाइड्रोपावरको आइपीओ नतिजा सार्वजनिक, हेर्नुस IPO नतिजा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 23, 2018 | 10:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार बिहान ८ :३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफांड गरेको हो  । 

कम्पनीले बैशाख ३१ गतेदेखि ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गरेको हो । जस मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने म्युचल फण्डलाई  ४२ हजार कित्ता सुरक्षित गरिएको थियो । बाँकि ७ लाख ६४ हजार ४ सय ४० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए  ।  

सर्बसाधारणलाई छुट्याइएको ७ लाख ६४ हजार ४ सय ४० कित्ताको लागि १ लाख ७५ हजार ४  सय ७२ जनाले आवेदन दिएका थिए । जसमा १ सय ९४ आवेदन रद्द भई १ लाख ७५ हजार २ सय ७८ आवेदन मात्र योग्य भएका थिए । कुल आवेदक मध्ये गोलाप्रथाबाट  ७६ हजार ४ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन्।  आइपिओमा १७ गुणा भन्दा बढी आवेदन परेकाले आवेदन दिएका ९९ हजार ३२ जना खाली हात भएका छन् । 

आईपिओको नतिजा हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गर्नु होस् र कम्पनीमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गर्नु होस्। http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए केहि देखाउदैन ।  

कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved