कुन मन्त्रीको कति छ शेयरमा लगानी ? उर्जामन्त्रीसंग नै छैन हाइड्रोको शेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 02:44:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको सम्पति विवरण सार्बजनिक भएको छ । मन्त्रिपरिषद्को गत आइतबार बसेको बैठकले सबै मन्त्रीहरुको सम्पति विवरण सार्बजनिक गर्ने निर्णय गरेको थियो । सोहि अनुसार प्रधानमन्त्री सहितका मन्त्रीहरुको सम्पति बिवरण सार्बजनिक भएको हो । 

यहाँ हामीले सोहि विवरणको आधारमा हरेक मन्त्रीको शेयर कति छ भनेर प्रस्तुत गरेका छौ । 

प्रधानमन्त्री केपी ओली : पत्नी राधिका शाक्यको नाममा २५ लाख बराबरको राष्ट्रिय बचत पत्र  । 

रक्षामन्त्री इश्वर पोखरेल : पत्नी मिरा पोखरेलको नाममा बरुण हाइड्रोको १० हजार कित्ता, कृषि विकास बैंकको २ सय कित्ता, मोडर्न कलेज मल्टिपल कलेजको ५ हजार कित्ता  । 

गृहमन्त्री राम बहुदर थापा : श्रीमतीको नाममा अपर तामाकोशीको १ सय ४६ कित्ता शेयर  । 

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली : उल्लेख छैन  ।  

उर्जा मन्त्री बर्षमान पुन: उल्लेख छैन  । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल : रुपाकोट सामुदायिक रेडियो खोटाङको ५ हजार कित्ता  ।

उद्योगमन्त्री मात्रिका यादव:  उल्लेख छैन  । 

यातायातमन्त्री रघुवीर महासेठ : श्रीमतीको नाममा गुडविल फाइनान्सको ७० हजार रुपैयाँ बराबरको शेयर, एनभीपीएल प्रालिको ३७ करोड रुपैयाँ बराबरको शेयर, कर्पोरेट बैंक बिरगंजको २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर, लक्ष्मी बैंकको डेढ लाख बराबरको शेयर, महिला अधिकार तथा विकास केन्द्रको ५० लाख बराबरको शेयर ।

श्रममन्त्री गोकर्ण बिष्ट : श्रीमतीको नाममा मेगा बैंकको २ सय ६५ कित्ता शेयर, कृषि विकास बैंकको ४९ कित्ता शेयर । 

वनमन्त्री शक्तिबहादुर बस्नेत: लालीगुराँस सहकारीको १० हजार बराबरको र हाम्रो नयाँ कृषि सहकारीको ३ लाख बराबरकोको शेयर । 

सामान्य प्रशाशन मन्त्री लालाबाबु पण्डित: उल्लेख छैन । 

महिला बालबालिका मन्त्री  थममाया थापा : उल्लेख छैन । 

अर्थमन्त्री युवराज खतिवडा: सावल सहकारीको ५ हजार कित्ता र पत्नी कमला खतिवडाको नाममा दुर्गा भवानी सहकारीको ५० कित्ता शेयर छ ।  

खेलकुद मन्त्री जगत विश्वकर्मा : डिलबहादुर सुनवारको नाममा कृषि विकास बैंकको ४ हजार कित्ता शेयर  ।  

पर्यटनमन्त्री रबिन्द्र अधिकारी : गण्डकी विकास बैंकको २६ हजार बराबरको शेयर, पानीखोला हाइड्रोको ३० लाख कित्ता शेयर  ।  

कानुनमन्त्री शेरबहादुर तामांग: १५ लाख बराबरको शेयर (कम्पनी नखुलाईएको )  ।  

कृषिमन्त्री चक्रपाणि खनाल: इन्भेस्टमेन्ट बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, प्राइम कमर्शियल बैंकको गरी १० लाख ३७ हजार २ सय ७५ रुपैया बराबरको शेयर  ।  

खानेपानी मन्त्री बिना मगर: उल्लेख छैन  ।  

स्वास्थ्य राज्यमन्त्री पदमा अर्याल : मेगा बैंकमा ९ सय ३३ कित्ता , जनता टेलेभिजनमा १ लाख बराबरको र विभिन्न सहकारीमा ७५ हजार बराबरको शेयर  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved