अनलाइन ट्रेडिङ परिक्षण गर्न नयाँ कम्पनि खोज्दै नेप्से

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 01:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन कारोबार प्रणालीको परिक्षण गर्ने कम्पनि नियुक्तिको तयारि थालेको छ। वाईकोले तयार गरेको  अनलाइन कारोबार प्रणालीको परिक्षण, समस्या पहिचान र प्रमाणीकरण गर्ने कम्पनि छनौट गर्नका लागि नेप्सेले शिल्बन्धि बोलपत्र सम्बन्धि सुचना जारि गरेको छ। 

इन्टरनेट बेस पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (अनलाइन ट्रेडिङ) लाई प्रयोगकर्ताले संचालन गर्न सक्ने अवस्थामा पुर्याउनका लागि परामर्शदाता नियुक्त गर्न लागेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बिजपाटिलाई जानकारी दिए। 

अनलाइन ट्रेडिङबारे प्रयोगकर्ता स्वीकृति परीक्षण गर्नका लागि आजको मितिदेखि लागू हुने गरि ढिलोमा जुन २४ सम्म इच्छुक स्वदेश तथा बिदेशी कम्पनि बोलपत्र पेश गर्न सक्नेछन। एक महिना भित्र परामर्शदाता कम्पनि छनौट गरि वाईकोले तयार गरेको अनलाइन ट्रेडिङको परिक्षण अगाडी बढाउने नेप्सेको तयारि छ। 

वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकको नेप्सेको भनाई छ। सम्झौता अनुसार वाईले २०७५ जेठ १८ भित्रै नेप्सेलाई अनलाइन कारोबार प्रणाली हस्तान्तरण गर्नुपर्थ्यो। 

अनलाइन ट्रेडिङ प्रणाली तयार भएपनि त्यसको परिक्षण, समस्या पहिचान लगायतका प्राविधिक तथा केहि नीतिगत बिषयका कारणले समयमै अनलाइन प्रणाली कार्यन्वयन आउनेमा आशंका गरिएको छ। यद्दपी साउनदेखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली कार्यन्वयन गराउने नेप्सेको दाबि छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved