तेस्रो प्रयासमा बिक्रि भयो सिभिल बैंकको अवितरित संस्थापक शेयर, यस कारण लम्बियो लिलाम प्रकृया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 04:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले तेस्रो पटक लिलाममा राखेको हकप्रदमा अवितरित संस्थापक शेयर बिक्रि भएको छ। बैंकले जेठ २ देखि जेठ ९ गतेसम्मका लागि लिलाममा राखेको २९ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रि भएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ।

बैंकले लिलाममा राखेको संस्थापक शेयरमा ४१ वटा बोलपत्र पेश भएको लक्ष्मी क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार प्रति कित्ता १५० रुपैयाँसम्ममा संस्थापक शेयर सकारेका छन। बोलकबोल दाता मध्येका कर्मचारी संचय कोष, राष्ट्रिय बिमा कम्पनि र प्रभु लाइफ इन्स्योरेन्सले बढी शेयर सकारेका छन।   

लिलाममा राखिएको २९ लाख ९२ हजार शेयर मध्ये कर्मचारी संचय कोषले मात्रै २७ लाख ५८ हजार ८०० कित्ता संस्थापक शेयर सकारेको छ। त्यस्तै राष्ट्रिय बिमा कम्पनिले १ लाख ४५ हजार कित्ता सेयर सकारेको छ भने बाँकी शेयर अरुले पाएका छन।  संचय कोषले प्रति कित्ता एक सय रुपैयाँका दरले सबै संस्थापक शेयर सकार्ने गरि बोलपत्र पेश गरेपनि अरु संस्थाले एक सय भन्दा बढीको बोलि लगाएपछी उसले मागेजति शेयर पाउन सकेन।   

नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण भएको प्रमाणसमेत जुटाउनु पर्ने प्राबधानले कयौं सर्वसाधारणले चाहेर पनि सिभिल बैंकको संस्थापक शेयरमा बोलपत्र पेश गर्न पाएनन। जस कारण सिभिल बैंकलाई संस्थापक शेयर बिक्री गर्नका लागि मात्रै तीन पटक सम्म लिलामको सूचना जारि गर्नु पर्यो।  

हकप्रद बिक्रि तथा बितरण पश्चात बैकको चुक्ता पुंजी ५ अर्ब १८ करोडबाट ७ अर्ब २५ करोड पुग्ने छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ७५ करोड रुपैयाँ चुक्ता पुंजी थप गर्नुपर्नेछ। बैंकले गत आर्थिक बर्षको कमाई र रिजर्भबाट बोनस शेयर दिएर पनि चुक्ता पुंजी ८ अर्ब सहजै पुयाउन सक्नेछ।  

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३५ करोड खुद मुनाफा आर्जन गरेको छ। तेस्रो त्रैमासमा आइपुग्दा १२७ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको सिभिलको यस अवधिमा प्रति शेयर आम्दानि ६ रुपैयाँ ७३ पैसा छ भने प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ७३ पैसा छ। त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड छ।

 कर्मचारी संचय कोष हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सम्पादकीय 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved