नेपाल बैंकले निष्काशन गर्न लागेको एफपिओको प्रिमियम मूल्य तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 09:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको थप सार्बजनिक निष्काशन (एफपिओ) जारी गर्न लागेको नेपाल बैंक लिमिटेडले एफपिओको मूल्य निर्धारण गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले प्रति कित्ता १ सयमा १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा मूल्य कायम गर्ने निर्णय गरेको हो । बैठकले उक्त मूल्यमा धितोपत्र प्रत्याभूत गराउन धितोपत्र बोर्डको स्वीकृति लिने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ  । 


 राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो ।

बैंकले एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved