हकप्रद निष्काशनको लागि जेबिल्स फाइनान्सको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 10:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि जेबिल्स फाइनान्सले बुक क्लोज मिति तय गरेको छ ।   कम्पनीले १०:४ को अनुपातमा ४० प्तातिशत हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २२ सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । 

 अब कम्पनीले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

कम्पनीले हालै बिक्रि गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने गरि  १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। गत असोज २ देखि कात्तिक २० सम्म बिक्रि खुला गरेको शतप्रतिशत हकप्रद र अब निष्काशन हुने ४० प्रतिशत हकप्रदले समेत पाउने हुँदा उक्त बोनस सेयरको दर ३.५७ प्रतिशत हुन आउंछ।  

 शतप्रतिशत हकप्रद र  ४० प्रतिशत हकप्रद र बोनस शेयरपछि फाइनान्सको चुक्ता पुंजी  ८३ करोड ७९ लाख ७३ हजार १२५ पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved