१७ महिनापछी मेगाको कारोबार खुल्दा शेयर बेच्नेको लर्को

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 28, 2018 | 11:12:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकको शेयर कारोबार करिब १७ महिनापछी खुला भएको छ। तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेर गत बैशाख ३० देखि एकीकृत कारोबार थालेको मेगाले आज अर्थात जेठ १४ देखि दोस्रो बजारमा शेयर कारोबार थालेको हो। 

मेगाले बिक्रि गरेको ६५ प्रतिशत हकप्रद शेयरलाई समायोजन गरेर बैंकको प्रतिकित्ता सेयरमूल्य ३११ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। मर्जर सम्झौता हुँदा मेगा र टुरिजमको प्रति शेयर मुल्य क्रमश ४५८ र ४२७ रुपैयाँ थियो। तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता गरेपश्चात २०७३ माघ ६ देखि मेगा र टुरिजमको कारोबार रोक्का थियो।

मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।

यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं रहेको थियो । मेगा बैंकको देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम र ५८ शाखारहित केन्द्र तथा १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन।

शेयर बेच्नेको लर्को 

झन्डै १७ महिनापछी शेयर कारोबार खुलेसंगै मेगा बैंकको शेयर बेच्नेको लर्को लागेको छ। १२ बजेसम्मको कारोबार अवधिमा २ लाख कित्ता शेयर बिक्रिमा छ भने खरिदकर्ता शुन्य छन।  


टुरिजमलाई गाभेर मेगा बन्यो तेस्रो ठुलो बाणिज्य बैंक, खुद मुनाफा ३ अर्ब नघाउने लक्ष्य

बाणिज्य बैंकहरूमा चुक्ता पुँजीकाे अन्याैल, इन्भेष्टमेन्ट पहिलो हुँदा कृषि बिकास र मेगाको स्थान कहाँ ?


  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved