बजेटको पुर्वसन्ध्यामा माइक्रोफाइनान्स र निर्जिबन बिमा कम्पनीको शेयर मुल्यमा उछाल किन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 02:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटको पुर्वसन्ध्यामामा शेयरबजारमा उछाल आएको छ। साताको कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ३५.९८ अंकले बढेर १३३६.३९ को उचाईमा पुगेको छ। 

जेठ १५ गते घोषणा हुने बजेटमा शेयरबजारबारे सकारात्मक बिषय आउने अपेक्षामा लगानीकर्ताले खरिद बढाउदा शेयरबजारमा उछाल आएको बजारमा चर्चा छ। यद्दपी आजको कारोबारमा निर्जिबन बिमा कम्पनि र माइक्रोफाइनान्सका शेयर मुल्य बढ्दा समग्र बजारमा त्यसको प्रभाब देखिएको छ। 

तीन खम्बे अर्थनीतिलाई प्राथमिकता राखेको ओली सरकारले माइक्रोफाइनान्सलाई प्राथमिकता राख्ने अनुमानमा सोमबारको कारोबारमा माइक्रोफाइनान्सको शेयर मुल्य बढेको विश्लेषण गरिएको छ। 

आज कारोबारमा आएका १ सय ६८ कम्पनीका १३ लाख ६६ हजार ५ सय ९७ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ८९ लाख ६८ हजार ७ सय रुपैयाको कारोबार भएको छ । शेयर मुल्य बढेका १० कम्पनी मध्ये गण्डकी विकास बैंक बाहेक अरु माइक्रोफाइनान्स र निर्जिबन विमा कम्पनी छन।  शिखर इन्स्युरेन्सको शेयर मूल्य सबै भन्दा धेरै ९.६५ प्रतिशतले बढेको छ भने लामोसमय पछि आजबाट कारोबारमा आएको मेगा बैंकको शेयर मूल्य सर्बाधिक ९.९३ प्रतिशतले घटेको छ  ।     

कारोबार सुरु हुँदा दोहोरो अंकले घटेको नेप्से कारोबारको पछिल्लो डेढ घण्टामा उकालो लाग्दै ३६ अंकले बढेको हो । सिटिजन्स बैंक लगायत केहि संस्थाका ७ करोड बराबरको संस्थापक शेयर खरिद बिक्रि हुँदा त्यसले कारोबार भोलुम बढेको देखिएको छ। अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमई बैंक संस्थापक शेयर, नेपाल बैंक, ग्लोबल आईएमई बैंक लगायत रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved