एनएमबि बैंकले प्रस्ताव गर्यो एफपिओको प्रिमियम मूल्य, कहिले होला शेयर निष्काशन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 06:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले फर्थर पब्लिक अफरिंङ (एफपीओ) निष्काशन गर्ने  मूल्य प्रस्ताब गरेको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता निष्काशन गर्न लागेको हो । बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले उक्त प्रस्ताव बिक्रि प्रबन्धक नागरिक लगानी कोष मार्फत नेपाल धितोपत्र बोर्ड समक्ष स्वीकृतिको लागि पठाएको हो । 

बैंकले नागरिक लगानी कोषसँग भएको प्रत्याभुति सम्बन्धी सम्झौतासहित धितोपत्र बोर्डमा विवरण पत्रको नमूना सोमबार बुझाएको हो । बैंंकले एफपिओ निष्काशनको लागि २०७४ जेठ २२ मा धितोपत्र बोर्डमा आबेदन दिएको थियो  । तर विभिन्न कारणले बैंकको एफपिओ निष्काशनमा ढिलाई हुदै आएको थियो । अब भने केहि दिन भित्र नै एफपिओले स्वीकृति पाएर शेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने देखिएको छ । 

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ । एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्म गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved