बजेटपछि पूँजीबजारको भविष्य अत्यन्त उज्वल : शेयर लगानीकर्ता संघ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 11:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले बजेटमा पूँजिबजार सुधारका बिषय समेटेकोमा अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको छ । साथै संघले बजेटको सफल कार्यान्वयन हने कुरामा पुर्ण विश्वास्त ब्यक्त गर्दै पूँजीबजारको भविष्य अत्यन्त उज्वल भएको जनाएको छ ।

सघका महासचिव जगन्नाथ पुडासैनीले बुधबार एक बिज्ञप्ति जारी गर्दै बजेटमा समाबेश भएको सुधारका साथ साथ अनलाइन कारोबार समेत छिटृै आउने कुरामा आशावादी भएको उल्लेख गरेका छन्। साथै उनले सबै लगानीकर्ताहरुमा सकारात्मक सोचका साथ आफ्नो विवेक प्रयोग गरी शेयर कारोवार गर्न समेत अनुरोध गरेका छन् ।  

यस्ता छन् बजेटमा पुंजीबजार सुधारका लागि प्रस्तुत गरिएका वुदाँहरु ः

(१) राष्ट्र बैंक ऐन, बिमा समिति ऐन र धितोपत्र ऐनमा आवश्यक संशोधन ।

(२) प्राईभेट इक्वीटि फण्ड, हेज फण्ड र भेन्चर फण्ड पूँजीबजारमा प्रवेश गराउने ।

(३) बिमा कम्पनी र हाइड्रोपावर कम्पनीलाई प्रोत्साहन ।

(४) भ्याट मुक्त पूँजीबजारको अवधारण ।

(५) उत्पादन मुलक कम्पनीलाई अनिवार्य पूँजीबजारमा प्रवेश गराउने ।

(६) ५० करोडको कम्पनीले क्ष्एइ जारी गरेमा कर छुटको व्यवस्था ।

(७) नागरीक लगानी कोष, कर्मचारी संचयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको नियमन गर्ने तथा  डिलरसिपको जिम्मेवारी दिने व्यवस्था     । 

 (८) १ अरब सम्मका कम्पनीहरुलाई पूँजी बजारमा सूचिकृत गर्नु पर्ने बाध्यात्मक व्यवस्था । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved