शेयरबजार भ्याट आतंकबाट मुक्त भएकोमा ब्रोकर्स एसोसिएसनद्वारा खुशी व्यक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 03:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटले धितोपत्र व्यवसायलाई मूल्य अभिबृद्धी कर छुट हुने क्षेत्रभित्र समेटेकोमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले खुशी ब्यक्त गरेको छ । केहि बर्ष देखि मूल्य अभिवृद्वि कर रकम निर्धारण भई असुलीका लागि ताकेता भईरहेको अवस्थामा बजेट वक्तव्य मार्फत् मिनाहा गर्ने घोषणा भएको हो । सरकारको यो कार्य स्वागतयोग्य भएको एसोसिएसन जनाएको छ  ।   

 संघले आज एक बिज्ञप्ति जारि गर्दै कर अस्पष्टता अन्त भएकोमा खुसि व्यक्त गरेको हो  ।   बिज्ञप्तिमा भनिएको छ ' पुरानो बेरुजु बक्यौताको मिनाहा, नयाँ व्यवस्था अनुसार मु.अ कर छुट हुने वस्तु तथा सेवाको सूचीमा धितोपत्र व्यवसायीलाई राख्ने निर्णय र धितोपत्र ब्यवसायमा ३० प्रतिशत आय कर लागउने ब्यवस्थाले पूँजी बजारमा देखिएको कर अस्पष्टता अन्त भएको निश्कर्षमा संघ पुगेको छ । यो व्यवस्थाले विगत केही बर्ष देखी धितोपत्र दलाल व्यावसायीहरुको धितोपत्र खरिद–बिक्री सेवा बापत प्राप्त हुने आयमा मुल्य अभिवृद्वि कर लाग्ने÷नलाग्ने भन्ने द्विविधा को पनि अन्त्य भएको छ ।  '

 यो ब्यवस्थाले सिङ्गो पूँजीबजारलाई हर्षित बनाएको एसोसिएसनको ठहर छ । 

बजेटमा एक अरब भन्दा बढी चुक्ता पूँजी भएका उत्पादनमुलक कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण भई अनिवार्य रुपमा पूँजी बजारमा सूचिकरण हुनु पर्ने र ५० करोड वा सो भन्दा बढी चुक्ता पूँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपमान्तरण हुन प्रोत्साहन स्वरुप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्थाले सम्पूर्ण पूँजी बजारको दायरा फराकिलो बनाउन ठूलो सहयोग पुग्नेमा आफु बिश्वस्त रहेको स्टक ब्रोकर्स एसोसिएसनले जनाएको छ । साथै प्राइभेट इक्युटी, भेञ्चर फण्ड, हेज फण्ड लगायतका नयाँ सस्थाहरुलाई पूँजी बजारमा प्रवेश गराउँदा बजार भरोसायोग्य, विस्तारित र विश्वस्निय बन्न योगदान पुग्ने एशोसियसनले विश्वास लिएको छ । 

क्षेत्रगत बिविधिकरण, नीतिगत सुधार र प्रविधिको उच्चतम प्रयोगबाट मात्रै समग्र पूँजीबजारको थप बिकास हुने भएकाले यसका लागि  नेपाल सरकार, नियमनकारी निकाय र सरोकारवाला सबै पक्षसंग मिलेर कार्य गर्ने प्रतिबद्धता एशोसियसनले व्यक्त गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved