एनएमबि बैंकले पायो एफपिओ निष्काशनको अनुमति, बोनसपछि मात्र चुक्ता पुंजी ८ अर्ब पुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 01:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले फर्थर पब्लिक अफरिंङ (एफपीओ) निष्काशनको अनुमति पाएको छ । बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गर्नको लागि अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले आज शुक्रबार बैंकलाई एफपिओ निष्काशनको अनुमति दिएको हो । 

बैंंकले एफपिओ निष्काशनको लागि २०७४ जेठ २२ मा धितोपत्र बोर्डमा आबेदन दिएको थियो  । तर विभिन्न कारणले बैंकको एफपिओ निष्काशनमा ढिलाई हुदै आएको थियो । अब भने केहि दिन भित्र नै एफपिओ निष्काशन गर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ । एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्म गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ  । यसको लागि बैंकले न्यूनतम ६ प्रतिशत बोनस दिनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved