स्वरोजगार लघुवित्त र समता माइक्रोफाइनान्सले पाए हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 02, 2018 | 09:30:51 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त र समता माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ   । धितोपत्र बोर्डले शुक्रबार यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति इद्येको हो  । 

स्वरोजगार लघुवित्तले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपियाँको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले १६.६६ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १० करोड ४९ लाख ९८ हजार ८० रुपैयाँ रहेको छ ।   बोनस र हकप्रदपछि कम्पनीको पूँजी साढे २४ करोड पुग्नेछ  ।

कम्पनीले गत आवमा दुई करोड ८६ लाख ४१ हजार रुपैंयाँ खुद नाफा कमाएको थियो । 

त्यस्तै समता माइक्रोफाइनान्सले  दुर्इ बराबर एक अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । अब कम्पनीले एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्ने छ । समता माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ ।  ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved