आजैदेखि हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न राजश्व विभागको निर्देशन, बजारमा गिरावट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 11:49:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व बिभागले हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न सरोकारवालालाई निर्देशनात्मक पत्राचार गरेको छ। बिभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई पत्रचारगरी आइतबारदेखि नै अग्रिम कर असुल्न निर्देशन दिएको हो। आर्थिक बर्ष २०७५-७६ को बजेट मार्फत व्यक्तिगत तर्फ पुँजीगत लाभकार बढाएको सरकारले बोनस र हकप्रद सेयरमा पनि लगानीकर्तालाई थप करको भार बोकाएको छ। बिभागको पत्र अनुसार लगानीकर्ताले बोनस र हकप्रद शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो मुल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने हुन्छ।


यस अघि बोनस र हकप्रदमा आधार मुल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो। औशत आधारमुल्य भन्दा बढीमा शेयर बिक्रि गर्दाको अवस्थामा लगानीकर्ताले पांच प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। अब भने अंकित मुल्यलाई लागत लिई सो मुल्यलाई आधार मानेर नयाँ लगानीकर्ताले ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्नेछ।

बिभागको पत्रमा केहि कुराहरु अझैं पनि अस्पष्ट रहेका छन। जस्तो अब आइन्दा बोनस र हकप्रदका लागि समायोजन मुल्य हुन्छ हुँदैन भन्ने कुरा अझैं स्पष्ट छैन। यदि बोनस र हकप्रदको मुल्य पनि समायोजन हुने र अंकित मुल्यलाई लागत लिई सो मुल्यलाई आधार मानेर लगानीकर्ताले पुंजीगत लाभकर तिर्नुपर्ने भयो भने लगानीकर्तालाई करको भार अझैं थपिनेछ। तर यसबारे अझै स्पष्ट भैसकेको छैन।

त्यस्तै अंकित मुल्यलाई लागत लिई सो मुल्यलाई आधार मान्ने भनीएपनि बोनस सेयरको लागत मुल्य शुन्य हुने या एक सय हुने त्यो पनि अझैं स्पष्ट भईसकेको छैन। माहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिबेदनमा बोनस शेयरको लागत मुल्य शुन्य हुने र हाल कायम समायोजन मुल्य गणना बिधि बैज्ञानिक नभएको उल्लेख छ।

बिभागको यस्तो निर्देशनपछि बजारमा गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved