एशियन लाईफको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 01:43:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कं.लि. को साधारणसभाले  १ः०.६० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव  पारित गरेको छ ।  कम्पनीले हाल जारी गरेको ५० प्रतिशतको हकप्रद शेयरको वाँडफाँड पश्चात तथा  आ.व. २०७३÷७४ को वाँडफाँड योग्य खुद मुनाफा मध्ये लाग्ने कर कट्टा गरी बाकी रु.४,८३,३५,५९४.०० बराबरको रकम लाभाँशको रुपमा बोनस शेयर वितरण गर्ने प्रस्ताव आजको साधारण सभाबाट पारित भए बमोजिम कम्पनीको चुक्तापूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४ रुपैया ४० पैसा पुग्नेछ । त्यस्तै ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रु.दुई अर्ब एक करोड सात लाख साठी हजार सात सय सताईस र पैसा चार पुग्नेछ ।   बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि चुक्तापूँजीे रु. २ अर्ब तोकेकोे छ । कम्पनीको अधिकृत पूँजी रु.५ अर्बको रहेकोछ ।

२०६४ साल चैत्र २१ गते देखि कारोवार संचालन गरेको यस कम्पनीको २०७४ साल चैत्र मसान्त सम्ममा रु.१२ अर्ब ९ करोड को जीवन बीमा कोष र रु.१२ अर्ब २८ करोड लगानी तथा कर्जामा रहेकोे छ । त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख  मसान्त सम्ममा कूल रु.२ अर्ब १६ करोड १४ लाख बीमाशुल्क आर्जन गरीसकेको छ । कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म २८ वटा शाखा तथा ६९ वटा उपशाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । 

कम्पनीले हाल सम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बालभविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिमभुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न (सिमित भुक्तानी सावधिक) जीवनबीमा योजना, पतीपत्नीको लागि संयुक्त सावधिक जीवनबीमा योजना (Joint Life Plan) तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved