लाभकर ६ गुणा बढीले तिर्नुपर्ने भएपछी शेयरबजारमा उच्च गिरावट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 02:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५-७६ को बजेटले त्रसित भएका लगानीकर्तालाई आन्तरिक राजस्व बिभागले लाभकरको भार बढाएसंगै शेयरबजारमा उच्च गिरावट आएको छ। 

कारोबार खुले लगत्तै आएको आन्तरिक राजश्व बिभागको निर्देशन कै कारण शेयरबजारमा तिब्र उतार चढाब आएको छ। जस कारण साताको पहिलो दिनकै कारोबारमा बजार परिसूचक नेप्से ३३.७१ अंकले घटेर १२७३.९५ को बिन्दुमा पुगेको छ ।

कारोबार खुले लगत्तै ओरालो लागेको नेप्सेमा सेलिंग प्रेसर बढ्दा आज कारोबारमा आएका १५५ मध्ये ६ कम्पनीका शेयर मुल्य मात्र बढेका छन। बाँकी अन्य कम्पनीको शेयर मुल्यमा भारि गिरावट आएको छ। आज १५५ कम्पनीका ९ लाख ९७ हजार ३ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट ५४ करोड ६६ लाख ६१ हजार ३ सय ६७ रुपैयाको कारोबार भएको छ । 

जसमा, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयरको सबै भन्दा धेरै ३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ४.०४ प्रतिशतले बढेको छ भने मेगा बैंकको शेयर मूल्य सबै धेरै  ९.७ प्रतिशतले घटेको छ ।     

आन्तरिक राजश्व बिभागले बोनस र हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित मुल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि अग्रिम कर असुल्न सरोकारवालालाई निर्देशनात्मक पत्राचार गरेको छ। आजदेखि लागू हुनेगरी बिभागले दिएको निर्देशनकै कारण लगानीकर्ताले बोनस शेयरमा ५ गुणा र हकप्रदमा ६ गुणा बढी अग्रिम कर तिर्नु पर्ने भएको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved