नोक्सानीमा समेत लाभकर लिने निर्णयको बिरोधमा शेयरका लगानीकर्ता आन्दोलनमा, कारोबारमा नगर्ने घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 10:16:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने निर्णयको बिरोध गर्दै लगानीकर्ता आन्दोलनमा उत्रिएका छन। सेयर लगानीकर्तासँग सम्बन्धित तीनवटा संगठनले नोक्सानीमा समेत लाभकर तिराउने अबैज्ञानिक निर्णय फिर्ता नहुन्जेलसम्मका बिभिन्न चरणमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघको संयुक्त बैठकले सोमबार बिहान १० बजे भद्रकाली प्लाजास्थित नेप्से कार्यालयमा घेराउ गर्ने कार्यक्रम तय गरेको छ। 

त्यस्तै लगानीकर्ता संघहरुले आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन।     

आन्तरिक राजश्व विभागले बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन परिपत्र गरेपछी सरोकारवाला पक्षहरुले यस्तो कदम दोस्रो बजारको सिद्दान्त बिपरित भएको भन्दै तत्काल सच्याउन लगानीकर्ताहरुले माग गरेका छन।

उक्त निर्णय फिर्ता गरि लगानीकर्ताको खरिद मुल्यमा बोनस र हकप्रद शेयरको मुल्यलाई जोडी औषत मुल्य कायम गरी सो रकममा ७.५ प्रतिशत अन्तिम कर निर्धारण गर्नुपर्ने तीनवटै लगानीकर्तासंघको माग छ। 'लगानीकर्तालाई नोक्सानीमा समेत कर भराउने निर्देशनले सरकारले पुंजीबजारबाट प्राप्त हुने राजश्वको ठुलो हिस्सा गुमाउने छ' संघद्वारा जारि संयुक्त बिज्ञप्तिमा उल्लेख छ। 

बिभागको यस्तो निर्देशन प्रति आम लगानीकर्ता रुष्ट बनेका छन। घाटामा समेत लाभकर तिर्नुपर्ने निर्देशन प्रति रुष्ट हुँदै सर्वसाधारण लगानीकर्ताले सरकारलाई 'बौलाह' को संज्ञा दिएका छन भने सामाजिक संजालमा लगानीकर्ताहरुले अर्थमन्त्री ड़ा युबराज खतिवडाको चर्को आलोचना गरेका छन।  

बिभागले जेठ २० देखि नै लागू हुनेगरि बोनस र हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित मुल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि अग्रिम कर असुल्न सरोकारवालालाई निर्देशन दिएको थियो। जसकारण साताको पहिलो दिनकै कारोबारमा बजार परिसूचक नेप्से ३३.७१ अंकले घटेर १२७३.९५ को बिन्दुमा ओर्लिएको थियो।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved