बिना निष्कर्ष टुंगियो सरकार र शेयर लगानीकर्ताको वार्ता, आन्दोलन अब के हुन्छ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 12:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकार र शेयर लगानीकर्ताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। सरकारले आइतबारदेखि बोनस सेयर र हकप्रद सेयरको लागत मूल्यमा लाभकर लगाएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताका तीन संस्थाका प्रतिनिधि र अर्थमन्त्रालयका अधिकारीहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको जनाइएको छ। 

वार्तामा इन्भेष्टर फोरमको तर्फबाट अध्यक्ष अम्बिका प्रसद पौडेल, शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी उपाध्यक्ष राधा पोखरेल सहभागी थिए भने मन्त्रालयको तर्फबाट सहसचिब उत्तर कुमार खत्री र अर्का एक सहचिब सहभागी थिए। सुरुमा राजश्व सचिब शिशीरकुमार ढुङ्गानासंग वार्ता गर्ने भनीएपनि लगानीकर्ता संघका प्रतिनिधि अर्थ्मंत्रल्या पुगेपछि उनि वार्तामा सहभागी भएनन।

सहसचिव खत्रीले लगानीकर्ताको कुरा सचिब ढुंगाना समक्ष राखिदिने प्रतिवद्धता जनाएको शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बिजपाटीलाई बताए। 'लाभकरको बिषयमा उहाँहरुमा अझैं पनि भ्रम रहेको पाइयो, हामीले लाभकर यसरी लाग्नु हुदैन भनेर बुझाउने प्रयास गरेका छौँ' उपाध्यक्ष फुल्लेलले भने।

फुल्लेलका अनुसार सहसचिब स्तरीय भेटमा सहसचिब खत्रीले अहिले तोकिएको अग्रिम कर तिर्न र बर्षको अन्तिममा समायोजन गर्न सकिने धारणा राखे। पहिलो चरणको भेटमा सकारात्मक कुरा नआएकाले आन्दोलन जारि रहने फुल्लेलको भनाई छ। 

आन्तरिक राजश्व बिभागले बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिन सरोकारवाला पक्षहरुहरुलाई परिपत्र गरेपछि शेयर लगानीकर्ता संघहरुले संयुक्त रुपमा आन्दोलन थालेका छन। आन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताले आज सोमबार बिहान १० बजे नेप्सेको कार्यालय घेराउ गरेका छन। साथै लगानीकर्ताले आजै धितोपत्र बोर्ड पनि घेराउ गर्ने बताएका छन। बिभागले आफ्नो निर्णय नसच्याएसम्म कारोबार नगर्न समेत लगानीकर्तासंघले आग्रह गरेका छन।      


तस्विर: फेसबुकबाट साभार 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved