धितोपत्र बोर्डका प्रवक्ता गिरिमाथि हातपातको प्रयास, लगानीकर्ताका नेताले बचाए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 01:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

लाभकरको बिषयलाई लिएर धितोपत्र बोर्ड घेराउ गर्न पुगेका शेयरका लगानीकर्ताहरुले बोर्डका प्रवक्ता निरज गिरिमाथि हातपातको प्रयास गरेका छन। प्रवक्ता गिरिले केहि अनलाइन संचार माध्यमलाई सरकारको निर्णय स्वागत योग्य भएको प्रतिकृया दिएको प्रति आक्रोशित लगानीकर्ताले हातपातको प्रयास गरेको जनाइएको छ। 

बोर्ड कार्यालय घेराउ गर्न पुगेका केहि लगानीकर्ताले गिरीमाथि आक्रमणको प्रयास गरेपछी लगानीकर्ताका नेताहरुले उनलाई हातपात हुनबाट जोगाएका थिए। लगानीकर्ताका नेताहरुले गिरिलाई हातपात हुनबाट जोगाउदै कार्यालय भित्र लगेका थिए। 

प्रवक्ता गिरिले लगानीकर्तालाई सम्बोधन गर्ने वातावरण नभएपछी बोर्डका अध्यक्ष डा रेवत कार्कीले लगानीकर्तालाई सम्बोधन गरेका थिए। बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने निर्णय आउनुपूर्व अर्थमन्त्रालयले बोर्ड र नेप्सेलाई डाकेको जानकारी गराउदै अध्यक्ष कार्कीले आफुहरुले त्यसमा सहमती नजनाएको स्पष्ट पारेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved