लगानीकर्ताको आन्दोलनका बावजुत शेयरबजारमा ४२ करोडको कारोबार, बढ्यो २८ कम्पनीका शेयर मुल्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 02:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्तासंघले कारोबार नगर्न गरेको आग्रहका बावजुत शेयरबजारमा ४२ करोड माथिको कारोबार भएको छ। नोक्सानीमा समेत लाभकर लाग्ने सरकारको निर्णय फिर्ता नहुन्जेलसम्म कारोबार नगर्न गरिएको आग्रहलाई बेवास्ता हुँदा सोमबारको कारोबारमा ४२ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको हो। 

लगानीकर्ताका नेताहरु आन्दोलनमा रहंदा समेत नेप्सेमा एकै दिन १५६ कम्पनीका १० लाख ७१ हजार ८६१ कित्ता शेयर खरीद बिक्रि हुँदा ४२ करोड ४४ करोडको शेयर कारोबार भएको छ। त्यस्तै बजार परिसूचक नेप्से ५.११ अंकले घटेर १२६.८४ को बिन्दुमा ओर्लिएको छ। 

सोमबारको कारोबारमा मेगा बैंकको मात्रै ३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंकको २ करोड ३३ लाखको कारोबार भएको छ। कारोबारमा आएका १५६ मध्ये २८ कम्पनीको शेयर मुल्य बढेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved