कडा चेतवानीपछि शेयर कारोबार ठप्प, खरिद बिक्रि आदेश नै नआएको ब्रोकरको दाबी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 11:17:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्तासँग सम्बन्धित तीनवटा संगठनको आह्वानमा मंगलबार नेपाल स्टक एक्चेन्जमा शेयर कारोबार ठप्प भएको छ ।  नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा पुँजीगत लाभकारको निर्णय फिर्ता नभएसम्म कारोबार नगर्न र नगराउन आह्वान गरेको थियो । 

बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने निर्णयको बिरोध गर्दै लगानीकर्ता हरु आन्दोलनमा उत्रिएका हुन्। संघहरुले आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन।   आन्तरिक राजश्व विभागले बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन परिपत्र गरेपछी सरोकारवाला पक्षहरुले यस्तो कदम दोस्रो बजारको सिद्दान्त बिपरित भएको भन्दै तत्काल सच्याउन लगानीकर्ताहरुले माग गरेका छन।

लगानीकर्ता संघहरुले सोमबार पनि यस्तै आह्वान गरेका थिए । तर सोमबार नियमित जसो नै कारोबार भएको थियो । ब्रोकरले साथ नदिएपछि ३ वटै संघले सम्पूर्ण ब्रोकरहरुलाई चेतवानीयुक्त पत्र लेख्दै लगानीकर्ताको आव्हान विपरीत कसैले शेयर किनबेच गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाको जिम्मेवारी सम्बन्धित ब्रोकर कम्पनीले नै लिनुपर्ने जनाएको थियो।  


त्यसकै प्रभाव स्वरुप आज कारोबार हुन् सकेको छैन। यद्यपि ब्रोकरहरुले भने कारोबार रोक्ने अधिकार आफुलाई नाबह्येको र कुनै पनि अर्डर नआएकोले कारोबार नभएको दाबी गरेका छन् । स्टक ब्रोकर एसोसिएसनका महासचिव सन्तोष मैनाली भने 'अहिलेसम्म कुनै पनि  अर्डर आएको छैन, अर्डर आएपछि हामीसंग रोक्ने अधिकार छैन, अर्डर आएमा हामी हाल्छौ, कारोबार हुन्छ' । 

उता लगानीकर्ताहरुले आफ्नो आन्दोलनका कार्यक्रम जारी राख्दै आज पनि नेप्से कार्यालयमा धर्ना दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved