सिभिल बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 02:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको जेठ २१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १०.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  

जस अन्सुअर बैंकले ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  । 

 हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख ९३ लाख रुपैयाँ रहेकोमा प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ पुग्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved