संघर्ष समितिद्वारा कारोबार नगरेकोमा धन्यवाद व्यक्त, माग पुरा नभएसम्म कारोबार नगर्ने निर्णय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 04:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समितिले समितिको आव्हानलाई स्वीकार गरी आजको शेयर खरिद विक्री कारोबारमा सहभागी नहुने सम्पूर्ण लगानीकर्ता र सदस्य दलालहरुलाई विशेष आभार सहित धन्यवाद व्यक्त गरेको छ । मंगलबार बसेको संयुक्त संघर्ष समितिको बैठकले आन्तरिक राजस्व विभागबाट जारी पत्र फिर्ता नभए सम्म अन्दोअलं जारी राख्ने निर्णय गरेको छ  ।  

आन्तरिक राजश्व विभागबाट जारी गरिएको पत्रको कारण पूँजी बजारका लगानीकर्ताहरुलाई परेको मर्कालाई सम्बोधन नभए सम्म पूर्ण रुपमा कारोबार नगर्नको लागि समितिले सम्पूर्ण सदस्य दलाल र लगानीकर्ताहरुलाई  पुनआव्हान गरेको छ । त्यस्तै संघर्ष समितिले आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्न बुधबार बिहान १०.०० बजे नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा उपस्थित हुन् अनुरोध गरेको छ ।  

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved