ब्रोकरलाई लगानीकर्ताको चेतावनी ' ट्रेडिङ कोठामा कोहि नछिर्नु, छापामार शैलीको कारबाही हुनसक्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 07:59:20 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयुक्त संघर्ष समितिले ब्रोकरहरुलाई कडा चेतावनी दिएको छ । समितिले आक्रोशित लगानिकर्ताहरु बाट कुनै पनि दिन कुनै पनि किसिमको छापामार शैलीमा कारवाही हुन् सक्ने भन्दो ट्रेडिङ कोठामा कोहि पनि ब्रोकरका स्टाफहरुलाई प्रवेश नगर्न आग्रह गरेको हो। 

साथै समितिले लगानिकर्ताहरुलाई ब्रोकर कार्यालयमा आज बिहान १०:३० बजेदेखि नै धर्ना दिन, ट्रेडिङ कोठामा कोहि पनि स्टाफहरु नछिराउन र आवश्यक परे ताला लगाईदिन अनुरोध गरेको छ ।

बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने आन्तरिक राजश्व बिभाग मार्फत निर्देशन फिर्ता नहुँदा सम्म र आर्थिक बर्ष २०७५-७६ को बजेटमा प्रस्ताब गरे बमोजिम अग्रिमकर ७.५ प्रतिशत (व्यक्तिगत ) लाई अन्तिम करको रुपमा मान्यता नदिएसम्मका लागि कारोबार नगर्न समितिले लगानीकर्तालाई आग्रह गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved