ब्रोकरले छाडे लगानीकर्ताको साथ, शेयर कारोबार खुल्ला राख्ने निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 06, 2018 | 10:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले ठप्प रहेको शेयर कारोबारमा आफ्नो संलगनता नभएको बताएका छन। आज एक बिज्ञप्ति जारि गर्दै ब्रोकर संघले शेयर कारोबारका लागि सबै कार्यालय खुला रहेको जनाएको छ। 

शेयर कारोबार ठप्प भएकोमा त्यसमा धितोपत्र दलाल ब्यवसायीहरु समेतको संलग्नता रहेको भनाई प्रति आपत्ति जनाउदै ब्रोकर संघले लगानीकर्ताले खरिदबिक्रीको आदेश नदिएको स्पष्ट पारेको छ।

शेयर खरिद बिक्रि गर्न ब्रोकरहरुको कार्यालय नियमित रुपमा खुल्ला रहेको र रहने ब्रोकर संघको भनाई छ।  आन्तरिक राजश्व बिभागले सिडीएससी मार्फत बोनस र हकप्रद शेयरमा लाभकर लाग्ने निर्देशन दिएसंगै लगानीकर्ताहरु आन्दोलनमा रहेका छन। शेयरका लगानीकर्ताहरुले सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारि रहने शेयर लगानीकर्तासंघको संयुक्त संघर्ष समितिले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved