अर्थ मन्त्रालय र आन्दोलनरत लगानीकर्ताबीच वार्ता जारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 11:32:47 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समितिको आन्दोलनको कारण आज दोस्रो दिन पनि शेयर कारोबार हुन् सकेको छैन ।   आन्तरिक राजश्व विभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे  शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो । पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णयप्रति अहसमति जनाउदै लगानीकर्ताहरु आन्दोलित भएका हुन् 

आज समितिले नेपाल धितोपत्र बोर्डमा धर्ना दिएको छ  । लगत्तै अर्थ मन्त्रालयले लगानीकर्तालाई वार्तामा बोलाएको छ  । अहिले अर्थ मन्त्रालय र लगानीकर्ताबीच वार्ता जारि छ  । वार्तामा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव राजन खनाल, राजश्व सचिव शिशिर ढुङाना तथा  सह सचिव उत्तम कुमार खत्री लगायत सहभागी छन् । मन्त्रालयले मंगलबार यस बिषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो। खत्री उक्त समितिका संयोजक समेत हुन् ।

त्यस्तै वार्तामा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरु सहभागी भएका छन् । 

संयुक्त संघर्ष समितिले बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved