सरकारले घुडा टेक्यो, लगानीकर्ताको आन्दोलन सफल, पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 12:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समितिको आन्दोलन सफल भएको छ । सरकार आफ्नो निर्णयबाट पछाडी हटेसंगै लगानीकर्ताको आन्दोलन सफल भएको हो । 

अन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रालयबीच बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने गरी सहमति भएको हो । अर्थ मन्त्रालयमा आज भएको वार्तामा  आन्तरिक राजश्व विभागको पछिल्लो निर्देशन तत्कालको लागि स्थगन गर्ने सहमति भएको मन्त्रालयका प्रबक्ता झक्क प्रसाद आचार्यले जानकारी दिए । बिभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे  शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो । 

 पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णयप्रति अहसमति जनाउदै लगानीकर्ताहरु आन्दोलित भएका थिए । अर्थ मन्त्रालय र लगानीकर्ताबीच तत्कालको लागि बिभागको निर्देशन स्थगन गर्ने र मन्त्रालयद्वारा गठित समितिको प्रतिवेदन आएपछि ओशी अनुसार गर्ने गरी सहमति भएको हो । 

मन्त्रालयले पुरानै ब्यबस्था अनुसार पुँजीगत लाभकर गणना गर्न बिभागलाई पत्राचार गरिसकेको पनि प्रबक्ता आचार्यले बताए । यस संगै हिजोदेखि रोकिएको शेयर कारोबार सुचारु हुने भएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved