22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

मंगलबारदेखि रोकिएको शेयर कारोबार सुचारु

Posted on:June 06, 2018

citizen bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समिति सरकारबीच सहमति भएपछि मंगलबार देखि बन्द रहेको कारोबार खुलेको छ  । बजार नियमित जस्तै ३ बजेसम्म खुला रहने नेप्से प्रबक्ता मुराहरी पराजुलीले बतए  । नेप्सेको तर्फबाट बजार बन्द नै नभएको हुनाले  नियमित रुपमा जस्तै ३ बजेसम्म मात्र बजार खुल्ने उनले स्पष्ट पारे  

अन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रालयबीच बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने गरी सहमति भएको हो । अर्थ मन्त्रालयमा आज भएको वार्तामा  आन्तरिक राजश्व विभागको पछिल्लो निर्देशन तत्कालको लागि स्थगन गर्ने सहमति भएको मन्त्रालयका प्रबक्ता झक्क प्रसाद आचार्यले जानकारी दिए । बिभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे  शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो । 

 पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णयप्रति अहसमति जनाउदै लगानीकर्ताहरु आन्दोलित भएका थिए । अर्थ मन्त्रालय र लगानीकर्ताबीच तत्कालको लागि बिभागको निर्देशन स्थगन गर्ने र मन्त्रालयद्वारा गठित समितिको प्रतिवेदन आएपछि ओशी अनुसार गर्ने गरी सहमति भएको हो । 

मन्त्रालयले पुरानै ब्यबस्था अनुसार पुँजीगत लाभकर गणना गर्न बिभागलाई पत्राचार गरिसकेको पनि प्रबक्ता आचार्यले बताए ।  

Share your thoughts!

Loading...

Trending