यस्तो देखियो लाभकर विवाद स्थगनपछिको शेयर कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 03:28:47 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समिति सरकारबीच सहमति भएपछि बुधबार करिब १ बजेबाट खुलेको बजार दोहोरो अंकले बढेको छ । आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रालयबीच बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने गरी सहमति भएपछि मंगलबारदेखि रोकिएको आज सुचारु भएको हो । 

बजार खुलेदेखि नै हरियो रहेको नेप्से १३.९१ अंकले बढेर १२८२.७५ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १ सय ३८ कम्पनीका ४ लाख ९७ हजार ५ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २३ करोड ८९ लाख ३ हजार ३ सय ४४ रुपैयाँको कारोबार भएको छ ।

आज इन्भेस्टमेन्ट बैंकको संस्थापाक शेयरको सबै भन्दा धेरै ३ करोड ९२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा मेगा बैंक, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज नागबेली लघुवित्तको शेयर मूल्य सर्बाधिक १० प्रतिशतले बढेको छ । अन्य कमाउने कम्पनीको सुचीमा खानीखोला हाइड्रो, आरएसडिसी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायत रहेका छन् । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्बाधिक ३.२ प्रतिशत गुमाएका छन् ।

कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये सबै भन्दा धेरै इन्स्योरेन्स समूह १ सय ४५ अंकले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved