सिबिआईएल क्यापिटल र युनिभर्सल पावरली मागे आईपिओ निष्काशनको अनुमति, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 06:52:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआईएल क्यापिटल लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्  । 

सिबिआईएल क्यापिटलले तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्न कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ । अनुमति पाएपछि सिबिआईएल क्यापिटल आईपिओ निष्काशन गर्ने पहिलो मर्चेन्ट बैंक बन्ने छ ।  

युनिभर्सल पावरले भने आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणलाई कुल ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँको ९६ लाख ६१ हजार ६१० कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो  । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ । 

 कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved