उन्नति माइक्रोफाइनान्सले माग्यो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 12:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले जेठ २० गते अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको हो  ।  कम्पनीले यस अघि २५ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेकोमा चैत्र २१ गते बसेको साधारणसभाले हकप्रद प्रस्ताव परिमार्जन गरी  ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित  गरेको हो। अब कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  ।   

माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो। 

हाल कम्पनीको चुक्ता पुंजी ५ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved